नेकपा स्थायी समितिः ओलीविरुद्ध ध्रुवीकरण हुँदै नेकपा नेताहरु
काठमाडौं, ३ पुस । सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि जनाउँदै नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । सोमबार भएको बैठकमा बामदेव गौतम, घनश्याम भुसाललगायतका दसजना नेताहरूले भनाइ राखेका थिए । अधिकांशले अध्यक्ष ओलीले सिङ्गो पार्टीको नेतृत्व गर्न नसकेको धारणा राखेको स्रोतले जनाएको छ ।
अहिलेकै शैलीमा सरकार र पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी पनि नेताहरुले दिएका छन् । आजको बैठकमा भीम रावललगायतका नेताहरूले दुई अध्यक्षले तयार पारेको र नेता गौतमले छुट्टै प्रस्तुत गरेको प्रतिवेदनको बारेमा आआफ्नो धारणा राख्ने जनाइएको छ ।
स्थायी समितिको बैठकमा ओली समूहले पार्टीभित्र लोकतन्त्रको अभ्यास नगरेको र प्रचण्डले रणनीतिकरुपमा फाइदा हुनेगरी मौनता साधेको भन्दै दुई अध्यक्षविरुद्ध ध्रुवीकरण बढेको बताइएको छ । गौतमले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका बारेमा हिजो पनि छलफल भएको नेकपाका नेता योगेश भट्टराईले जानकारी दिए ।
December 18, 2018 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता