Thursday 19th March 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाले गुमाए ज्यान

7 years अगाडी

काठमाडौं । बाँके, कञ्चनपुर र चितवनमा भएका छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। बाँके बैजनाथ गाउँपालिका ५ जि गाँऊस्थित पुर्व पश्चिम राजमार्गमा बा १ क ४४९५ नम्बरको बस र लु ४३ प ९५९९ नम्बरको मोटरसाइकल सोमबार बिहान एकआपसमा ठक्करखाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेसी नगरपालिका १ बस्ने २७ वर्षीय बिक्रम गहतराज र मोटरसाइकलमा सवार गुर्बाकोट नगरपालिका १२ बस्ने  ३२ वर्षीय मदनसुनारको मेडिकल कलेज कोहलपुर उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ। गाडी र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर पुर्नवास नगरपालिका ७ टाउके बजारस्थित सडकमा से १ त २९२६ नम्बरको ट्याक्टरले सोमबार बिहान ठक्करदिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका ११ भिमबस्ती बस्ने ६० वर्षीय शनिराम डगौरा थारुको नवजीबन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा ना ३ ख ३८ नम्बरको हाईस गाडीले सोमबार दिउँसो ठक्करदिँदा गम्भीर घाइते भएकी सोही ठाउँस्थित पोखरा बसपार्कमा होटल गरी बस्ने गोरखाका सानु बाबु थापा मगरकी २ वर्षीया छोरी मरीमा थापा मगरको उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाको समम्बन्धमा स्थानीय प्रहरीले थपअनुसन्धान गरिरहेको छ।

          December 18, 2018 10:33 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...