Friday 19th December 2025

रणवीर सिधै मण्डपमा गए र बेहुला बेहुलीको हातमा किस गर्न थाले(फाेटाेफिचर सहित )

7 years अगाडी

एजेन्सी। रणवीर सिंह यतिबेला आफ्नो नयाँ फिल्म सिम्बाको प्रमोशनमा व्यस्त छन्। सोमबार फिल्म प्रमोशनकै क्रममा मुम्बईको फाइभ स्टार होटल जे डब्ल्यू म्यारियटमा पुगेका थिए।

पहिला रणवीर होटल बाहिर पोज दिइरहेका थिए। तर पछि उनले पूल एरियामा फोटो शुट गराउने निर्णय गरे। उनी भित्र पुग्ने वित्तिकै त्यहाँ भइरहेको विवाहमा सहभागीहरु चिच्याउन थाले।

 

कतिसम्म भने बेहुला बेहुली पनि उनलाई देखेर निकै उत्साहित भए। जब रणवीर फोटोग्राफरलाई पोज दिइरहेका थिए, तब एक पाहुनाले चिच्याउँदै भने–रणवीर यहाँ सिन्धी विवाह हुँदैछ। कृपया यहाँ आउनुस्।’ रणवीरले इसारामार्फत आफू आउने बताए।

 

फोटोशुटपछि रणवीर विवाहस्थलमा पुगे। उनी बेहुला बेहुली भए ठाउँमा पुगे। उनले बेहुला बेहुलीको हातमा चुम्बन गरे र शुभकामना दिए। रणवीरले आफूहरुलाई विवाहको शुभकामना दिएको भन्दै बेहुला बेहुली  निकै खुशी देखिन्थे। उनीहरुले सिम्बा नायकसँग सेल्फी खिचाए। त्यसपछि रणवीर त्यहाँबाट हिँडे।

          December 18, 2018 10:39 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...