दुर्घटनाले तुहायो यि दुई भारतीय सेनाको सपना, जग्गा किनेर खुसी हुँदै फर्कदै गर्दा स्कूल बसमा ठोक्कियो मोटरसाइकल !
जिवनभर कमाएर एउटा राम्रो घर बनाउने हरेक नेपालीको चाह हुन्छ । त्यही चाह पुरा गर्न भारतीय सेनामा गएका सुर्खेतका दुई साला भेनाको त्यो सपना अधुरै रहेको छ । बांकेको बैजनाथ गाउंपालिका जि गाउँमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।मोटरसाइकल चालक र मोटरसाइकलको पछाडी बस्ने सुर्खेत लेकबेसी नगरपालिका १ का बिक्रम गहतराज र गुर्भाकोट— १२ का मदन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिए ।
उनीहरु भारतवाट केही दिनको छुट्टीमा घर आएका थिए । आफ्नो सानो सपना पुरा गर्न कोहलपुर नजिकै जग्गा पास गरेर आफन्तको घरमा जाँदै गर्दा स्कूलबसमा ठोक्किएर दुई जनाकै ज्यान गयो । जसमध्ये एक जना भारतीय सेनामा गएपछि पहिलो पटक छुट्टीमा आएका थिए भने अर्का दुई चार पटक आइसकेको थिए ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका—५ जि गाउँमा बाल ज्योती माध्यमिक विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिएको हो । कोहलपुरको सम्झानाचोक तर्फ गरेको बालज्योती स्कुलको बा १ क ४४९५ नम्बरको बस र बर्दियाको बाँसगढीबाट कोहलपुर आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भिर घाइते मोटरसाइकल चालक र यात्रुको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनापछि अहिले कोहलपुर स्थित शिक्षण अस्पतालमा आफन्तको भिड लागेको छ । मृतकका अन्य आफन्तहरु सुर्खेतवाट आउँदै गरेको प्रहरीले जनाएको छ । दुवै शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल लैजाने तयारी गरिएको छ ।
December 18, 2018 10:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता