साउदी अरबको अल्मोराइ कम्पनीमा काम गर्दै आएका एक नेपालीको निधन
साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागार्इंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छसमयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् ।
चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो”, मृतककी पत्नी निर्मलाले पीडा सुनाउनुभयो । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहनुभएका उहाँका भाइ बरुण पनि घर फर्किनुभएको छ ।
“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उहाँले भन्नुभयो, “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्थ्यो ।
गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर उहाँ साउदी फर्किनुभएको हो । “कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भन्नु भएको थियो,” श्रीमान्सँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भन्नुभयो । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमान्कै अनुरोधमा जागीर छाड्नुभएको थियो ।
December 18, 2018 10:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता