फिल्म क्षेत्रबाट राजनीतिमा करियर सिफ्ट गरेका यी सफल अभिनेत्री
एजेन्सी, पुस । राजनीति र फिल्म क्षेत्रको सम्बन्ध विश्वले सतहमा नै देख्दै र आभाष गर्दै आएको छ । आज पनि जब नेता चुनाव प्रचार प्रसारका लागि आफ्नो संसदीय क्षेत्रमा जाने गर्छन् तब जनसहभागिता बढाउनका लागि सेलिब्रेटीको साहारा लिने गर्छन् ।रंगिन दुनियाँबाट निस्किएर राजनीतिमा अहम् छवि र भूमिका स्थापित गरेका धेरै उदाहरणहरु विश्वको सामू यत्रतत्र छरिएका छन् । अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन देखि भारतीय चर्चित अभिनेता रजनीकान्त, कमल हसन, राज बबर पनि रंगिन दुनियाँबाट राजनीतिमा स्थापित अनुहारहरु हुन् । पछिल्लो केही दिनअघि बलिउडकी ‘धक धक गर्ल’ माधुरी दिक्षित अब भारतीय जनता पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिने खबर एकाएक आएको थियो । तर पछि माधुरीले त्यस खबरको खण्डन गरेकी थिइन् ।
माधुरी दिक्षितले यी खबरलाई खण्डन गरेता पनि यो भविष्यमा असम्भव भने त्यस्तो केही हुनेछैन । किनभने भारतीय राजनीतिमा धेरै बलिउड अभिनेत्रीहरुको भूमिका अहिले पनि कायम छ । आज हामी तपाईहरुलाई ती केही अभिनेत्रीका बारेमा बताउँदै छौं जसले फिल्म र राजनीतिक करियर दुबैमा एक किसिमको सफलता प्राप्त गरेका छन् ।सबैभन्दा पहिले कुरा गर्दैछौं बलिउडकी ड्रिम गर्ल हेमा मालिनीको । हेमाको शुरुवातदेखि नै भारतीय जनता पार्टी प्रति रुझान थियो र उनले १९९९ मा आफ्नो कोस्टार रहिसकेका अभिनेता विनोद खन्नाका लागि चुनाव प्रचार पनि गरेकी थिइन् । त्यसपछि उनी साल २००३ देखि २००९ सम्म राज्यसभा सदस्य पनि रहिन् । मार्च २०१० मा उनी भाजपाको महासचिव पनि बनिन् । २०१४ मा उनले मथुराबाट लोकसभा चुनाव पनि जितेकी थिइन् ।
जयप्रदा फिल्म संसारमा भर्खरै जमिएकी थिइन् तर लगत्तै उनी फिल्म क्षेत्रबाट टाढा गइन् । फिल्म क्षेत्रबाट विदा लिएर सबैभन्दा पहिले उनले १९९४ मा तेलगुदेशम दलमा प्रवेश गरिन् । तर दलका नेता चन्द्रबाबु नायडुसँग मतभेद बढेपछि उनी समाजवादी पार्टीमा आइन् र २००४ माउनले रामपुरबाट चुनाव पनि जितिन् । २०१४ मा उनले लोकसभा चुनाव जितिन् ।९० को दशककी चर्चित अभिनेत्री नगमा कंग्रेस दलकी नेत्री हुन् । उनले राजनीतिमा २००६ मा कदम राखेकी हुन् । उनले २००९ मा कंग्रेसबाट टिकट पाएर लोकसभा चुनाव पनि लडेकी थिइन् । उनी २०१५ मा अखिल भारतीय महिला कंग्रेसकी महासचिव पनि बनिन् ।
हालको मोदी सरकारको क्याबिनेट मन्त्री रहेकी स्मृति इरानी कुनै समयकी टेलिभिजन अभिनेत्री हुन् । टेलिभिजनको चर्चित सिरिज क्याकि सास भी कभि बहू थिमा देखा परेकी स्मृतिले २००३ मा भाजपाको सदस्याता लिएकी थिइन् । उनी २०११ मा राज्यसभा सदस्य पनि बनिन् । उनी वर्ष २०१४ मा अमेठीबाट कंग्रेस अध्यक्ष राहूल गान्धीको विपक्षमा चुनावमा उत्रिन् तर उनले चुनावमा जित हासिल गर्न सकिनन् ।अभिनेत्री जया बच्चनले साल २००४ मा राजनीतिमा कदम राखिन् । उनी समाजवादी दलको तर्फबाट राज्यसभा सदस्य हुन् । यसवर्ष चौथो पटक राज्यसभा सदस्यको रुपमा चयन भएकी छिन् ।
दक्षिण फिल्मको सुपरहिट अभिनेत्री जय ललिता फिल्मबाट राजनीतिक करियरमा उत्रिनेहरुका लागि एउटा गतिलो उदाहरण हुन् । १४ वर्षदेखि फिल्म करियर सुरु गरेकी उनले राजनीतिमा पनि आफ्नो मिसाल कायम गरिन् । उनी तामिलनाडुमा पाँचपटकसम्म मूख्यमन्त्री बनिन् । उनको प्रभाव राज्यमा मात्र नभएर केन्द्र सरकारमा पनि थियो । उनको एक भोटको कारणले केन्द्रमा बाजपेयी सरकार भंग भएको थियो ।
December 18, 2018 11:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी