मनसुन अझै सक्रिय भएन : माैसम विभाग
8 years अगाडी
Susma Dhakal
काठमाडाैं, ६ असार । पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ ।
अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए । केही दिनअघि पश्चिमी वायुको प्रभाव हुँदा काठमाडौंसहित पश्चिम नेपालका केही ठाउँमा वर्षासमेत भएको थियो । आज उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
June 20, 2018 11:38 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...