दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने
चौतारा । सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ।सात अर्ब रुपैयाँको लगानीमा ३५ दशमलव ४७ मेगावाट क्षमताको ब्रह्मायणी र तीन अर्ब रुपैयाँको लगानीमा १५ दशमलव १५ मेगावाट क्षेमताको अपर ब्रह्मायणी आयोजना चार वर्षभित्र सम्पन्न गर्ने गरी इन्द्रीगेटेट हाडड्रो फण्ड नेपालले निर्माण गर्न लागेको आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिए।
दुवै आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाममा प्रतियुनिट रु ८ दशमलव४० र वर्खायाममा प्रतियुनिट रु ४ दशमलव ८० मा नेपाल विद्युत् प्राधिकरणसँग बिक्री सम्झौता भइसकेको छ।जुगल हिम शृङ्खलाको फेदीमा पर्ने पेमासालमा बाँध बाँधी ५ दशमलव८ किमी सुरुङमार्फत जुगल गापा–२ स्थित गोल्चेको तेम्वाथान फेदीमा पर्ने लाङटाङ र वलेफीको दोभानमा निर्माण हुने विद्युत् गृहमा पानी खसालिनेछ । त्यहाँ निर्माण गरिने सबै संरचना भूमिगत हुनेछ । आयोजनाबाट वार्षिक घण्टा २० करोड ८४ लाख २८ हजार ७६ किलोवाट विद्युत् उत्पादन हुनेछ ।
त्यसैगरी लाङटाङ र वलेफीको दोभानभन्दा १०० मिटरमाथि विद्युत् गृह निर्माण गरी ३ दशमलव ५ किमी सुरुङमार्फत पानी खसाली अपर ब्रह्मायणी जलविद्युत् आयोजनाको निर्माण गरिने छ । दुवै आयोजनावाट सन् २०२३ को जुलाईमा व्यापारिक उत्पादन गरिने लक्ष्य रहेको छ।उत्पादिन विद्युत्लाई आयोजनास्थलदेखि १६ किमी टाढा रहेको सोही गाउँपालिका–४ स्थित पाङतानमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको सब–स्टेशनमा जोडिनेछ।
आयोजना सम्पन्न हुने समयसम्म पनि सब–स्टेशन निर्माणमा ढिलाइ भएमा ३४ किमी टाढा पर्ने बाह्रविसे सब–स्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।आयोजनास्थलसम्म पग्ने १६ किमी प्रवेश मार्गका लागि गाउँपालिका र अन्य आयोजनासँग समन्वय गरिने बताइएको छ । आयोजनाका लागि स्वदेशी र विदेशी लगानीकर्तासँग लगानी जुटाउन छलफल भइरहेको अध्यक्ष पराजुलीले बताए ।उक्त करिडोरमा योबाहेक कूल १५० दशमलव ४ मेगावाट क्षमताका अन्य ६ वटा आयोजना मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।
December 20, 2018 10:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता