Thursday 19th March 2026

बस दुर्घटनामा एकको मृत्यु, पच्चीस घाइते

7 years अगाडी

कावासोती । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती ९१४ बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ ।

करीब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनका अनुसार घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

          December 20, 2018 12:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...