चाेरी गरेर भाग्ने क्रममा त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु
बेत्रावती। चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी बिहीबार बिहानदेखि शुरु भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएकोे छ। माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह् नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थित पैरेबेँसी भन्ने स्थानमा आएपछि शौच गर्ने बहानामा भाग्ने क्रममा तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। उनी बेपत्ता भएपछि आक्रोशित स्थानीयवासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाउनाका साथै प्रहरीको एक गाडीमा पनि क्षति पु¥याएकाले प्रहरीले पाँच राउन्ड हवाइफायरसमेत गरेको थियो। घटनालाई लिएर उत्पन्न विवाद समाधानका लागि मैलुङमा सरोकारवाला पक्षबीच छलफल आह्वान गरिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए। रासस
December 20, 2018 1:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता