Thursday 19th March 2026

इनरुवामा बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

7 years अगाडी

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ।खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए। शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन्।

खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिइन्।

शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए। खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ।

          December 21, 2018 10:12 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...