Thursday 19th March 2026

ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

7 years अगाडी

उर्लाबारी। मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नंको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय मनोज कार्की गम्भीर भएकाले उनको स्थानीय हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृतक हिमा मनोजकी श्रीमती हुन्। ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

          December 21, 2018 10:15 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...