Friday 19th December 2025

सारा अली खानको यी अभिनेतासँग सेटिङ मिलाउँदैछन् रणवीर सिंह

7 years अगाडी

एजेन्सी, पुस । आफ्नो ‘लाइफ सेटिङ’ भएको केही समय बित्न नपाउँदै अभिनेता रणवीर सिंह अरुको सेटिङ मिलाउन जुटेका छन् । हालै इंस्टाग्राममा सार्वजनिक भएको एउटा भिडियोमा रणवीर नवोदित अभिनेत्री सारा अली खान र अभिनेता आर्यन कार्तिकको सेटिङ मिलाउँदै गरेको देखिएका छन् ।

भिडियोमा रणवीर कार्तिकसँग भेट गर्छन् र उनको कानमा केही फुस्फुसाउँछन् । त्यसपछि उनी कार्तिकलाई लिएर सारा अली खानसम्म पुग्छन् । त्यसपछि रणवीर साराको हात पकडेर कार्तिकको हातमा राखिदिन्छन् र भन्छन्, ‘अन्तत तिमीहरुको भेट भयो’ त्यसपछि उनी आफ्नो हातले मुटुको संकेत बनाएर क्यामेरातर्फ फर्कन्छन् । यो देखेर कार्तिक र सारा लजाउँछिन् । त्यस क्षण रणवीरको भावअभिव्यक्तिबाट उनी सारा र कार्तिकको सेटिङ मिलाइरहेको जस्तो देखिन्छन् ।

रणवीरले सारा र कार्तिकको सेटिङ गराउने प्रयास गर्नु कुनै नौलो कुरा होइन किनभने केही दिन अघि करण जोहरको शो ‘कफि विथ करण जोहर’ मा बुवा सेफ अली खानसँग पुगेकी साराले उनी कार्तिक आर्यनसँग डेट गर्न चाहेको बताएकी थिइन् । यसैकारण रणवीर सारा र कार्तिकबीच सेटिङ गराउँदै छन् कि भन्ने चर्चाहरु पनि उठ्न सक्छन् । हाल सारा रणवीर सिंहसँग फिल्म ‘सिंम्बा’ मा काम गर्दैछिन् । यो फिल्म आगामी २८ डिसेम्बरमा रिलिज हुने बताइएको छ ।

          December 21, 2018 1:10 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...