आज नेपाल आइडलको ग्रान्ड फिनाले हुदै , यस्तो बन्यो स्टेज हेर्नुहोस् भिडियोमा
नेपाल आइडल २ को फाईनल आज हुँदैछ । आज साँझ नेपालमा पछिल्लो समय चर्चित नेपाली सिंगिङ रियालिटी शो नेपाल आइडल २ को फाईनल भिडन्त हुन लागेको हो । यसअघि पहिलो सिजन कतारमा भएको थियो । यस पटक भने फाईनल भिडन्त नेपालमै हुन लागेको हो । कतारमा हुँदा धेरै दर्शकहरुले कार्यक्रम हेर्न नपाएको गुनासो व्यक्त गरेका थिए । बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रम ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने आयोजकले जनाएको छ ।
फाईनलमा पोखराका बिक्रम बराल ,झापाका सुमित पाठक, अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका छन् । कार्यक्रमको एपीवान एचडीबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
चार प्रतिस्पर्धीमध्ये कसले नेपाल आईडल सिजन २ को उपाधी जित्ला भन्ने चौतर्फी र चर्चा र उत्सुकताकाबीच फाईनलको प्रतिक्षा धेरैले गरिरहेका छन् । बिजेता हुनेले २० लाख नगद , होन्डा डब्लुआरभी कार , एउटा एल्बम , वल्र्ड टुर वा ५० लाख नगद पाउँनेछन् । अन्तिम प्रतिष्पर्धामा जसले भोट धेरै ल्याउँछ उसलै उपाधी चुम्नेछ । बिक्रम र सुमित दुबै जना गोल्डेन माईक पाएका प्रतिष्पर्धीहरु हुन् ।
December 21, 2018 5:29 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी