आज नेपाल आइडलको ग्रान्ड फिनाले हुदै , यस्तो बन्यो स्टेज हेर्नुहोस् भिडियोमा
नेपाल आइडल २ को फाईनल आज हुँदैछ । आज साँझ नेपालमा पछिल्लो समय चर्चित नेपाली सिंगिङ रियालिटी शो नेपाल आइडल २ को फाईनल भिडन्त हुन लागेको हो । यसअघि पहिलो सिजन कतारमा भएको थियो । यस पटक भने फाईनल भिडन्त नेपालमै हुन लागेको हो । कतारमा हुँदा धेरै दर्शकहरुले कार्यक्रम हेर्न नपाएको गुनासो व्यक्त गरेका थिए । बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रम ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने आयोजकले जनाएको छ ।
फाईनलमा पोखराका बिक्रम बराल ,झापाका सुमित पाठक, अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका छन् । कार्यक्रमको एपीवान एचडीबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
चार प्रतिस्पर्धीमध्ये कसले नेपाल आईडल सिजन २ को उपाधी जित्ला भन्ने चौतर्फी र चर्चा र उत्सुकताकाबीच फाईनलको प्रतिक्षा धेरैले गरिरहेका छन् । बिजेता हुनेले २० लाख नगद , होन्डा डब्लुआरभी कार , एउटा एल्बम , वल्र्ड टुर वा ५० लाख नगद पाउँनेछन् । अन्तिम प्रतिष्पर्धामा जसले भोट धेरै ल्याउँछ उसलै उपाधी चुम्नेछ । बिक्रम र सुमित दुबै जना गोल्डेन माईक पाएका प्रतिष्पर्धीहरु हुन् ।
December 21, 2018 5:29 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग