शाहरुखको जिरोले करोड कमायो पहिलो दिन
एजेन्सी। बलिउडका किंग खान शाहरुख खानको फिल्म जिरो शुक्रबार रिलिज भएको छ । यो फिल्म दर्शकले निकै प्रतिक्षा गरेको मध्ये एक फिल्म हो । यो फिल्मबाट शाहरुखले निकै अपेक्षा पनि गरेका छन् । निर्देशक आनन्द एल रायले दर्शकहरुसँग शाहरुखको सम्बन्ध सुधार गर्ने वाचा पनि गरेका थिए ।
तर, यो फिल्मको समक्षिा भने मिश्रित भएको छ । दर्शकले कति मन पराउँछन् त्यो भने हेर्न बाँकी छ । पहिलो दिनको हल बुकिंगअनुसार यो फिल्म १५ करोड बाट ओपनिंग शुरुआत गरेको छ । यद्यपी शाहरुखले अपेक्षा गरेअनुसारको ओपनिंग भने यो होइन ।
उनलाई साउथको फिल्म केजीएफले कडा टक्कर दिने अनुमान गरिएको छ । साउथको केजीएफ पनि शुक्रबार विभिन्न ५ भाषामा प्रदर्शनमा आएको छ । उता शाहरुखले आगामी २५ डिसेम्बरका दिन क्रिसमसका दिन यो फिल्ले राम्रो कलेक्शन गर्ने अपेक्षा गरेका छन् ।
शाहरुखको यसअघिको फिल्म जब ह्यारी मेट सेजले पनि पहिलो दिन १५.१५ करोड कलेक्शन गरेको थियो । अब शाहरुखको जिरोले आफ्नै फिल्म जब ह्यारी मेट सेजललाई पछार्न सक्छकी सक्दैन भन्ने प्रश्न उब्जिएको छ । यो फिल्ममा शाहरुखसँगै अनुष्का शर्मा र कटरीना क्याफसमेतको महत्वपूर्ण भूमिका रहेको छ ।
December 22, 2018 10:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग