धनकुटामा भेटिएको बम सेनाद्वारा निष्कृय
धनकुटा, पाख्रिबास। धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ।आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरी राखिएको बम बिहान ७ बजे २ बाहिनी हिले अड्डाबाट खटी गएको टोलीले निष्कृय गरेको थियो। पाख्रिबास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडबुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो।
सो क्षेत्रमा गएरातिदेखि नै प्रहरीले सुरक्षा सतर्कता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो। सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व समूहले बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले पाख्रिबास–लेगुवा सडक निर्माणमा लापरबाही गरेको भन्दै १५ दिनभित्र सुधार नगरे कारबाहीको चेतावनी दिएर विज्ञप्ति जारी गरेको थियो। सो विज्ञप्तिमार्फत लापरबाही गर्ने निर्माण कम्पनीलाई नेपाल सरकारसँग कारबाहीको माग गर्दै सरकाले कारबाहीको दायरामा ल्याउन नसके आफूहरुको जनसत्ताले कारबाही गर्ने जनाएको थियो।
June 20, 2018 1:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: