Thursday 19th March 2026

बस दुर्घटना : शोकमा एकदिन विद्यालय बन्द

7 years अगाडी

लमही : तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिका भित्रका विद्यालय एक दिन बन्द हुने भएका छन्।तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख व्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको आज बसेको बैठकले आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज विश्वकर्माले जानकारी दिए। बैठकले यस क्षेत्रका निजि, सामुदायिक तथा प्राविधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ।

दुर्घटना प्रति एन प्याव्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख गरेको छ। विज्ञप्तिमा दुर्घटनामा परी मृत्यु भएका शिक्षालयमा अध्ययनरत विद्यार्थि तथा शिक्षक प्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

कृष्णसेन ईच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १४ जना घाईते भएका थिए। रासस

          December 23, 2018 10:05 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...