मैले ‘सिम्बा’ मा काम पाउन रोहित शेट्टीका अगाडि हात जोडेँ: सारा अली खान
सारा अली खानको पहिलो फिल्म ‘केदारनाथ’ बक्स अफिसमा हिट भइसकेको छ । यो फिल्मलगत्तै सारा यति बेला उनको दोस्रो फिल्म ‘सिम्बा’ को प्रमोशनमा लागेकी छिन् । यसरी एकपछि अर्को फिल्ममा काम गरिरहेकी साराले ‘सिम्बा’ मा काम गर्ने अवसर भने सजिलै पाएकी होइनन् । यस विषयमा सारा स्वयमले खुलासा गरेकी छिन् ।
साराले निर्देशक रोहित शेट्टीलाई लगातार म्यासेज गरेर काम मागेको बताएकी छिन् । पटक पटक म्यासेज गर्दा पनि रोहितले सुरुमा खासै चासो नदेखाएको तर अन्ततः उनलाई भेट्न बोलाएको बताएकी छिन् ।
साराले भनेकी छिन ‘म रोहित शेट्टीको धेरै ठूलो फ्यान हुँ । म चाहन्छु कि यस्तो कुनै विषय नहोस् जहाँ मानिसहरुले भनुन् साराले यस भूमिकामा काम गर्न सक्दिन । म हरेक किसिमको कहानी र विषयबस्तुमा काम गर्न चाहन्छु । मैले आफूलाई कुनै एक सीमित प्लेटफर्ममा बाँधेर राखेकी छैन । रोहित शेट्टी कमर्शियल सिनेमाका किङ्ग हुन भने रणवीर सिंह बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन । यि दुवैसँग काम गर्न पाउनु धेरै ठूलो कुरा हो ।’
सारा अगडि भन्छीन् ‘म आफूलाई भाग्यमानी ठान्छु । म भाग्यकै कारण आज म आफ्नो दोस्रो फिल्म ‘सिम्बा’ का बारेमा यसरी कुरा गरिरहेकी छु । फिल्म ‘केदारनाथ’ को समयमा मैले धेरै उतार चढावहरु देखेकी थिएँ । कसैलाई केही थाहा थिएन अगाडि के हुनेछ भन्ने । त्यही बेला म रोहित सरकहाँ गएर काम मागेँ । म रोहित सरलाई म्यासेजमा ‘सर मलाई काम दिनुहोस, आफ्नो फिल्ममा मलाई राख्नुहोस,’ भनेर लेख्ने गर्थेँ ।
सारा एक दिन एक्लै सेतो रंगको कुर्ता सुरुवाल लगाएर कपाल जुरो बनाएर एकदमै साधारण रुपमा काम माग्न राहित शेट्टीको आफिसमा गएकी थिइन् ।उनले चुपचाप रोहतको अगाडि हात जोडेर काम मागिन् । ‘म निकै खुशी छु कि मलाई अभिषेक कपूरले ‘केदारनाथ’ मा कास्ट गरे र रोहित सरले मलाई त्यो बेला मौका दिनुभयो जुन बेला पूरा बलिउडमा कसैले मतिर हेरेका समेत थिएनन् । ‘केदारनाथ’को पनि के हुनेछ भन्ने केही टुंगो थिएन ।’
साराले अन्त्यमा भनिन्, ‘म नयाँ थिएँ, आज पनि छु, त्यस समयमा मेरो एउटा मात्रै फिल्म ‘केदारनाथ’ थियो । तर रोहित सरले मलाई भरोसा दिनुभयो र मलाई उहाँको फिल्ममा काम पनि । मानिसहरुलाई यो सब कुरा मैले सजिलैसँग पाएको होला भन्ने लागेको होला । हो सजिलै त पाएँऽ तर अब मलाई रोहित सरका साथै दुनियाँका अगाडि सावित गर्नु पनि छ ।’
अभिनेत्री सारा अली खान र रणवीर सिंहको फिल्म ‘सिम्बा’ यही डिसेम्बर २८ मा प्रदर्शन हुदैछ । रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा सोनू सूद, वृजेश हिरजे, प्रकाश राज र आशुतोष राणाको मुख्य भूमिका रहेको छ । अभिनेता अजय देवगन यस फिल्ममा अतिथिको भूमिकामा देखिनेछन् ।
December 23, 2018 11:18 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग