अज्ञात व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु, एक जना घाइते
7 years अगाडी
Susma Dhakal
बैतडी। बैतडीमा अज्ञात व्यक्तिले कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सिगास गाउपालिका–९ श्रीभावर का ६० वर्षीय जसु बोहराको मृत्यु भएको हो। अज्ञात व्यक्तिको कुटपिटबाट उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरा घाइते भएकी छन्।
आइतबार राति करिब ९ : ३० बजे घरमा कोही नभएको बेला आज्ञात व्यक्तिले निर्घात कुटपिट गर्दा ससुराको मृत्यु भएको र आफू घाइते भएको लक्ष्मी बोहराले बयान दिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए। कसले र किन कुटपिट गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
December 24, 2018 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...