आज क्रिसमस डे, विभिन्न कार्यक्रम गरी मनाईदैं
काठमाडौं। क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा मंगलबार देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ।प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ।
यस अवसरमा आज मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन्। यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ।
दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ।
येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ।नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ। हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ।
December 25, 2018 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता