हिरोइन नेहा शर्माको सेल्फीमा देखियो ‘सेक्स टोय’, ट्वीटरमा फोटो आएपछि हंगामा
मुम्बइ। बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर विवादित बन्छ् केहीलाई भने अरुले विवादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी सहनुपरेको छ ।
नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । यो फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो । ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा सेक्स टोय थपिदिए जसका कारण यो फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो भाइरल भएको थियो जसका कारण नेहाले बदनामीको सामना गर्नुपर्यो ।
फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न किसिमका प्रतिक्रिया आउन थाले । केहीले कुरै नबुझी नेहालाई अपशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बदनाम गराउने गलत नियतले गरिएको बताइन् । उनले ट्वीटरमा कसैले आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् ?’
December 26, 2018 11:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग