बडीबिल्डिङमा विश्वविजेता बनेर फर्किए महेश्वर, स्वागत गर्नेको लाइन : विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो : महेश्वर महर्जन (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडी बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ। थाइल्याण्डको चाङमइमा भएको १० औं विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्किएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका हुन्।
पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए। ‘विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो’ पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भने। अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएकोमा आफूलाई गौरवान्वित महशुस भएको महर्जनले सुनाए।
December 26, 2018 12:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...