आमिरसँगको सम्बन्धबारे पहिलो पटक बोलिन् फातिमा
बलिउडकी दंगल गर्ल अभिनेत्री फातिमा सना सेख अभिनेता आमिर खानका कारण चर्चामा आउने गरेकी छिन् । बेला बेलामा अभिनेता आमिर खानका साथ फातिमा सना सेखको प्रेम सम्बन्ध रहेको भन्ने खबरका कारण उनको चर्चा हुने गर्छ । फातिमाले आमिरसँगको सम्बन्धका बारेमा पहिलो पटक सार्वजनिक रुपमा बयान दिएकी छिन् ।
फातिमाले आफूलाई यस किसिमका अफबाहले कुनै असर नपर्ने बताएकी छिन् । उनले भनेकी छिन् ‘यस्ता खबरहरु मलाई एकदमै अनौठो लाग्छन् । एक पटक मेरी आमा टीभी हेरिरहेकी थिइन् । उनले त्यहाँ मेरो फोटो आएपछि मलाई देखाइन् । टीभिमा त्यसबेला देखाइएको खबरले मलाई एकदमै धेरै तनाव दियो । तर मैले आफूले आफैँलाई सम्झाएँ ।’
उनले अगाडि भनेकी छिन् ‘पहिले लाग्थ्यो, कसैले आफ्ना बारेमा भ्रमपूर्ण र अनावश्यक कुरा गरिरहेको छ भने उसलाई सम्झउनु पर्छ । तर अहिले मलाई अरुलाई सम्झउन आवश्यक छ जस्तो लाग्दैन । तपाईँले जस्तो काम गरेपनि मानिसहरु तपाईँका बारेमा केही न केही कुरा अवश्य गर्नेछन् । मलाई अब यस्ता कुराले कुनै फरक पार्दैन ।’
फातिमाको नाम अभिनेता अपार शक्ति खुरानाकासाथ पनि जोडेर खबरहरु सार्वजनिक हुने गरेका छन् । यसमा पनि उनी भन्छिन् ‘मेरा लागि यि दुवै व्यक्ति विशेष छन् । मेरो उहाँहरुसँग अफेयर रहेको छ भन्दै म आफूलाई प्रभावित पार्न चाहान्नँ ।’
फातिमा सना सेखले सन १९९७ मा फिल्म ‘चाची ४२०’ मार्फत ५ वर्षकै उमेरमा बाल कलाकारको रुपमा बलिउड डेब्यू गरेकी थिइन् । उनी सन् २०१० मा आमिर खानको सुपरहिट फिल्म ‘दंगल’ मार्फत दर्शक माझ आएकी थिइन् । यस फिल्ममा उनी आमिर खानकी छोरीको भूमिकामा थिइन् । यस पछि यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा पनि प्रमुख भूमिकामा थिइन् ।
December 26, 2018 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग