आमिरसँगको सम्बन्धबारे पहिलो पटक बोलिन् फातिमा
बलिउडकी दंगल गर्ल अभिनेत्री फातिमा सना सेख अभिनेता आमिर खानका कारण चर्चामा आउने गरेकी छिन् । बेला बेलामा अभिनेता आमिर खानका साथ फातिमा सना सेखको प्रेम सम्बन्ध रहेको भन्ने खबरका कारण उनको चर्चा हुने गर्छ । फातिमाले आमिरसँगको सम्बन्धका बारेमा पहिलो पटक सार्वजनिक रुपमा बयान दिएकी छिन् ।
फातिमाले आफूलाई यस किसिमका अफबाहले कुनै असर नपर्ने बताएकी छिन् । उनले भनेकी छिन् ‘यस्ता खबरहरु मलाई एकदमै अनौठो लाग्छन् । एक पटक मेरी आमा टीभी हेरिरहेकी थिइन् । उनले त्यहाँ मेरो फोटो आएपछि मलाई देखाइन् । टीभिमा त्यसबेला देखाइएको खबरले मलाई एकदमै धेरै तनाव दियो । तर मैले आफूले आफैँलाई सम्झाएँ ।’
उनले अगाडि भनेकी छिन् ‘पहिले लाग्थ्यो, कसैले आफ्ना बारेमा भ्रमपूर्ण र अनावश्यक कुरा गरिरहेको छ भने उसलाई सम्झउनु पर्छ । तर अहिले मलाई अरुलाई सम्झउन आवश्यक छ जस्तो लाग्दैन । तपाईँले जस्तो काम गरेपनि मानिसहरु तपाईँका बारेमा केही न केही कुरा अवश्य गर्नेछन् । मलाई अब यस्ता कुराले कुनै फरक पार्दैन ।’
फातिमाको नाम अभिनेता अपार शक्ति खुरानाकासाथ पनि जोडेर खबरहरु सार्वजनिक हुने गरेका छन् । यसमा पनि उनी भन्छिन् ‘मेरा लागि यि दुवै व्यक्ति विशेष छन् । मेरो उहाँहरुसँग अफेयर रहेको छ भन्दै म आफूलाई प्रभावित पार्न चाहान्नँ ।’
फातिमा सना सेखले सन १९९७ मा फिल्म ‘चाची ४२०’ मार्फत ५ वर्षकै उमेरमा बाल कलाकारको रुपमा बलिउड डेब्यू गरेकी थिइन् । उनी सन् २०१० मा आमिर खानको सुपरहिट फिल्म ‘दंगल’ मार्फत दर्शक माझ आएकी थिइन् । यस फिल्ममा उनी आमिर खानकी छोरीको भूमिकामा थिइन् । यस पछि यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा पनि प्रमुख भूमिकामा थिइन् ।
December 26, 2018 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी