म्याच प्रिभ्युः लियोनल मेस्सीको भरमा अर्जेन्टिनामा टिम, क्रोसिया अर्को जितको दाउमा
काठमाडौँ, ७ असार । विश्वकपको आजको सबैभन्दा महत्वपुर्ण खेल अर्जेन्टिना र क्रोसियाको मानिएको छ । ग्रप डी मा रहेका यी दुई देशबीचको खेल आज राति नेपाली समय अनुसार ११ः४५ हुँदैछ ।पहिलो खेलमा आइसल्याण्डसँग एकएक गोलको बराबरी खेल खेलेको अर्जेन्टिना उच्च दबाबमा रहेको छ ।एक अंकमात्र जोड्न सफल अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब रहेको छ ।पहिलो खेलमा अवसर पाउँदा पनि गुमाएको अर्जेन्टिनाले यस खेलमा पनि सोही अवस्था रहेमा विश्वकपबाटै बाहिरिने सम्भावना बढेर जानेछ ।
उता पहिलो खेलमा नाइजेरियाविरुद्ध २-० गोलको जित हात पारेको क्रोसिया भने खेल जित्ने वा बराबरीमा रोक्ने दाउमा रहेको छ ।तीन अंकका साथ शिर्ष स्थानमा रहेको क्रोसियाका खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।उसका लागि लुका मोडरिक, डिजान लोबरेन तथा मार्को मान्डुजकी जस्ता खेलाडीहरु उच्च लयमा छन् ।यी दुई देशबीच हालसम्म पाँचपपटक आमने सामने भएको छ । जसमा चारपटक अर्जेन्टिनाले जितेको छ भने एक खेल बराबरी खेल खेलका छन् ।
अर्जेन्टिनाका खेलाडीहरु पनि यस खेल जित्नै पर्ने दबाबका कारण राम्रो खेल प्रदर्शन गर्ने सोचमा रहेको प्रशिक्षक सामपाओली बताउँछन् ।उनले भनेका छन्, यो खेल सबैले मिलेर खेल्ने हो । मेस्सीमाथिमात्र जिम्मेवारी भएको भन्नु हुँदैन ।यो खेल जित्न सकेमा क्रोसिया विश्वकपको अन्तिम १६ का लागि छनोट हुनेछ । त्यस्तै अर्जेन्टिनाले क्रोसियालाई रोक्न सकेमा अर्को चरणमा जाने बलियो सम्भावना हुनेछ ।
June 21, 2018 10:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: