चिनियाँ समकक्षी खछ्याङ भेट्दै प्रधानमन्त्री ओली
काठमाडाैं, ७ असार । अाज प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली खछ्याङसँग भेट्दै छन् । भेट चिनियाँ समय अनुसार अपरान्ह ४ बजेतिर हुनेछ । चीनको ६ दिवसीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङको थ्यानआनमनस्थित ग्रेट हल अफ द पिपुल्समा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीसँगको डेलिगेसनसँग सामूहिक वार्तामा बस्नुअघि सी र ओलीबीच छुट्टै कोठामा कुराकानी भएको थियो । त्यस क्रममा महत्वपूर्ण ९ बुँदे सम्झौता भएको छ । करिब ९ सय मेगावाट उत्पादन क्षमताका चार जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्रिने भएको छ । चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।
चिनियाँ र नेपाली सरकारी तथा निजी क्षेत्रबीच सिमेन्ट र फलफूल उद्योग स्थापना तथा सिँचाइ परियोजनाका थप चार सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ कम्पनीले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ । त्यस्तै नेपाली पस्मिनालाई चिनियाँ बजारमा विस्तार गर्न २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीन सरकारले पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्नसमेत सहयोग गर्ने भएको छ । पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न बनाउन लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।यसैबीच चीन मैत्रीपूर्ण दौडको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज बेइजिङ स्पोर्ट युनिभर्सिटिमा भएको दौडको उद्घाटन कार्यक्रममा नेपालका सबै मन्त्रीहरु सहभागी थिए । चीनका खेलकुद राज्य मन्त्री गाओ जिदानको उपस्थितीमा भएको दौडको उद्घाटन पेस्तोल पड्काएर गरिएको थियो । दौडमा नेपाल चीनका झण्डै ५० विद्यार्थी सहभागी थिए ।
June 21, 2018 10:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: