बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा
अछाम पुस । अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।
प्रेमप्रसादकी श्रीमती जमुना भण्डारीले यही मंसिर ८ गते आफू घरमा हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पुस १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जाहेरी परेकै दिन १० गते पक्राउ परेका दुवै जनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । कानूनअनुसार कसैले बहुविवाह गरेमा विवाह बदर हुने र जेल सजायसमेत हुने व्यवस्था रहेको छ ।
December 28, 2018 10:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता