भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार
कृष्णनगर, १५ पुस । सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।
कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो ।
केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ ।
भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ । केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ ।
मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ । जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजाराँै महिला तथा किशोरी परेका छन् । रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले दुःखकष्ट भोगिरहेका छन् ।
बढ्दो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्नसक्ने सम्भावना उच्च रहेकाले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताए ।
December 30, 2018 11:30 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता