के कारणले बढ्यो चिसो ?
काठमाडौँ, १६ पुस । वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।
जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीब्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असरले अहिले चिसो बढाएको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो ।
पृथ्वीको सतहबाट करिव १० किमी उचाईबाट जेटस्ट्रिम तिब्बतर्फ बहने बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘२÷३ सय मिटर प्रतिसेकेन्डका दरले यस्तो वायु ‘मुभ’ हुन्छ, त्यसको प्रत्यक्ष असर तिब्बतीतर्फ पर्छ तर धेरथोर प्रभाव नेपालमा समेत पर्छ ।’ बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा १४÷१५ किमी उचाई माथि र हिउँदयाममा २÷४ किमीतलबाट बहने गरेको शाक्यले प्रष्ट्याउनुभयो ।
भौगोलिक अवस्थिती अनुसार जेटस्ट्रिमको असर पनि फरक पर्ने उहाँको भनाई छ । यससँगै जमिनको सतह भएर भित्रिने यूरोपेली वायुले हिमालय शृंखलालाई छोएर अन्यत्र फैलिँदा समेत चिसो बढेको मौसमविद्हरुको ठहर छ । हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारत, नेपालको पश्चिमी भेगबाट भित्रिने यूरोपेली वायु मुलुकको पूर्वी भेगहुँदै बंगलादेश तर्फ फैलिने गर्छ ।
December 31, 2018 10:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता