फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा प्रयोग गर्नु होला !
काठमाडौं – फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो कहिले काहीँ त फोटो नै बिग्रने गर्छ ।
यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटोका नराम्रो देखिएको हो । रेगुलर फोटोको लागि फेसबुकले डिफल्ट साइज ७२० पिक्सेल, ९२० पिक्सेल, २०४ पिक्सेलको मापदण्ड राखेको छ । जबकि कभर फोटोका लागि यो साइज ८५१ देखि ३१५ पिक्सेल मात्रै हो ।
फेसबुकले हाई क्वालिटी फोटोलाई कम्प्रेस गरेर त्यसको क्वालिटी पनि घटाइ दिने गर्छ । यस्तो अवस्थामा तपाईले यी टिप्सलाई ध्यान दिनु उपयुक्त हुन्छ ।
१। फोटो अपलोड गर्नुभन्दा पहिला इमेज एडिट प्रोगामको माध्यमबाट फेसबुकको डिफल्ट साइजमा सेभ गर्ने ।
२। कम्प्रेशनबाट बच्नका लागि १०० केबीभन्दा कम फाइल साइजलाई कभर फोटोमा अपलोड गर्ने ।
३। फेसबुकले तपाईलाई एइआरजीबी कलर प्रोफाइलका साथ जेपीईजी फर्मेटमा फोटो सेभ गर्ने सल्लाह दिन्छ ।
४। फोटो अपलोड गर्ने बेला हाई क्वालिटी चेक बक्समा टिक गर्न नभुल्नु होला । यो बक्स तपाईको अपलोडिंग वीण्डोको बाँयातर्फ दिखिनेछ । यति काम गर्नु भयो भने तपाईको फोटो फेसबुकमा पहिलाकै जस्तै राम्रो र क्वालिटीको देखिनेछ ।
– एजेन्सी
June 5, 2018 2:38 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो