Saturday 4th April 2026

काँग्रेस जिल्ला सभापतिहरुले अाज पनि धारणा राख्ने, नेतृत्वलाई सुझावैसुझाव

8 years अगाडी

हेटाैंडा, ७ असार । हेटौंडामा जारी नेपाली कांग्रेस जिल्ला सभापतिहरूको तीन दिने राष्ट्रिय भेलामा अाज पनि धारणा राख्ने कार्यक्रम छ । मंगलबार देखि शुरु भएको भेलामा जिल्ला सभापतिहरुले कांग्रेस अब कांग्रेस नरहेको दुखेसो पोखेका छन् ।शुक्रबारसम्म चल्ने उक्त जिल्ला सभापतिहरुको भेलामा बन्द सत्रको पहिलो दिन ३८ जना सभापतिहरुले आफ्नो धारणा राखेका छन् । आज पनि बाँकी सभापतिहरुले आफ्नो धारणा राख्नेछन् । बुधबारको छलफलमा बोल्दै बर्दिया जिल्लाका सभापति संजय गौतमले पार्टी अव्यवस्थित भएको र पार्टीभित्र गुटबन्दी मौलाएकाले पार्टीलाई जनताले हेर्ने नजरपनि परिवर्तन भएको बताए ।

उनले जिल्लाका सभापतिलाई पार्टी विधानले दिएको अधिकार पनि नेतृत्वले कटौती गरिदिएको गुरासो गरे । पर्सा जिल्लाका सभापति अजय द्विवेदीले भेलामा आफुहरुले पार्टीको नेतृत्वमा भएको अहमता त्याग्नुपर्ने धारणा राखेको बताए ।यसैबीच कांग्रेसका युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी लगायतले बुधबार नै जिल्ला सभापतिहरूलाई ५१ पृष्ठ लामो पार्टीको कार्यदिशा र कार्यक्रम बाँडेका थिए । युवा नेताहरुले तत्काल महाधिवेशनको माग समेत गरेका छन् ।

          June 21, 2018 1:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...