Friday 19th December 2025

१०० करोडको क्लबमा सामेल हुँदै रणवीरको फिल्म ‘सिम्बा’

7 years अगाडी

एजेन्सी। रणवीर सिंहको फिल्म सिम्बाले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले चार दिनमा ९६.३५ करोड रुपैयाँ कलेक्शन गरेको छ। ट्रेल एनालिस्ट तरण आदर्शका अनुसार फिल्म चाँडै सय करोड क्लबमा पुग्नेछ।

रणवीर सिंहले आफ्नो करियरमा मात्र १४ फिल्ममा काम गरेका छन्। रणवीर निकै विलासी जीवन बिताउन मन पराउँछन्। उनीसँग करोडौं रुपैयाँका बंगला र कार छन्।

रणवीरको गोवामा एक बंगला छ, जसको मूल्य ९ करोड रुपैयाँ हो। त्यसबाहेक मुम्बई गोरेगाँउमा उनको एउटा प्mलाट छ। जसको मूल्य दश करोड रुपैयाँ पर्छ। प्रभादेवी, मुम्बईमा सी–फेसिङ र एउटा फ्याट छ, जसको मूल्य १५ करोड रुपैयाँ पर्छ। दीपिका पादुकोणसँग विवाहपछि दीपवीरले मुम्बईमा एउटा ५० करोडको बंगला किनेका छन्।

रणवीर सिंहले आफ्नो फिल्मी करियरमा मात्र १४ वटा फिल्ममा मात्र काम गरेका छन्। उनले २०१० मा रिलीज भएको फिल्म ‘ब्याण्ड बाजा बरात’ बाट बलिउडम डेब्यू गरेका थिए। त्यसबाहेक उनले लेडीज भर्सेस रिकी बहल। रामलीला। गुण्डे, दिल धड्कने दो, बाजीराव मस्तानी, पद्मावत, सिम्बालगायतका फिल्ममा काम गरेका छन्।

          January 2, 2019 12:21 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...