गङ्गासागर मेलामा सहयोग गरिने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । हरेक वर्ष माघेसङ्क्रान्तिमा लाग्ने गङ्गासागर मेलामा आपत्मा परेकाहरुलाई सहयोग गर्न संयुक्त नेपाली केन्द्रीय सङ्घ कोलकाताले यस वर्ष पनि सहयोग गर्ने भएको छ ।
सङ्घले २९ वर्षदेखि धूर्त, पाकेटमार र ठगहरुबाट सुरक्षा गर्न, आपत्विपत्मा सहयोग गर्न र स्वास्थ्य सेवा पनि उपलब्ध गराइरहेको छ । गङ्गा र सागरको सङ्गममा स्नान गरी कपिलमुनि आश्रममा पूजा गर्ने परम्परा छ ।
आउट्राम घाट(बाबुघाट)कोलकातामा गङ्गासागर मेला तीर्थयात्री निःशुल्क स्वास्थ्य शिविर –२०१९ यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म लाग्ने सङ्घका सभापति नरविक्रम थापाले बताउनुभयो । सङ्घले नेपाली समुदायमाझ विभिन्न धार्मिक, सांस्कृतिक, साहित्यिक तथा सामाजिक काम गर्दै आएको छ ।
January 3, 2019 2:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
Loading...