२०० करोडमा बनेको ‘जीरो’ले १०० करोडपनि कमाउन मुश्किल
एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जीरो’ डिसेम्बर २१ बाट रिलिज भएको थियो। आनन्द एल राय निर्देशित उक्तफिल्म शाहरुख खानको हालसम्मकै फिल्म हो । शाहरुख खानको फिल्म जीरोलाई उनको सबैभन्दा ठूलो बजेटको फिल्म बताइन्छ । यसको बजेट २०० करोड रुपैयाँ थियो । तर, बक्स अफिसमा लागतको आधा पनि उठान सकेको छैन ।
फिल्मले दुई हप्तामा बक्स अफिसमा ८९.२५ करोडमात्र कमाउन सकेको छ । बक्स अफिस स्रोतका अनुसार फिल्मले नयाँ वर्षको दिन पनि जम्मा १.२५ करोडमात्र कलेक्शन गर्न सकेको थियो ।
लागतअनुसार यो फिल्मलाई शाहरुखको सबैभन्दा फ्लप फिल्म बन्ने अवस्थामा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मको हालसम्मको कारोबारलाई हेर्दा १०० करोड पनि कमाउ नसक्ने देखिएको छ ।
फिल्म शाहरुख र अनुष्का शर्मा शारीरक अशक्तको भूमिकामा छन् । त्यसकारण यो फिल्म फरक कथाका कारण राम्रो चल्ने अनुमान गरिएको थियो । तर दर्शकले फिल्मलाई अस्वीकार गरिदिएका छन् ।
बक्स अफिसको रिपोर्टअनुसार दोस्रो हप्तामा जीरोको कमाईमा निकै गिरावट आएको छ । शुक्रबार यो फिल्मले १ करोडभन्दा पनि थोरै कलेक्शन गरेको छ । शनिबार फिल्मले १ करोड कमायो ।
उता आइतबार फिल्मले १ करोड २५ लाख कमायो । सोमबार फिल्मको कलेक्शन मात्र ८० लाख रह्यो । यसअनुसार दोस्रो सप्तान्तमा फिल्मले ३.९० करोडको आसपासमा कारोबार गरेको छ । फिल्मले पहिलो हप्ता ८४.१० करोड कमाई गरेको थियो।
दोस्रो हप्तामा फिल्म सिम्बा रिलिज हुँदा जीरोलाई नोक्शान भएको छ । मंगलबारसम्म सिम्बाले १२४ करोड कमाइसकेको छ ।
January 4, 2019 12:09 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी