२०० करोडमा बनेको ‘जीरो’ले १०० करोडपनि कमाउन मुश्किल
एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जीरो’ डिसेम्बर २१ बाट रिलिज भएको थियो। आनन्द एल राय निर्देशित उक्तफिल्म शाहरुख खानको हालसम्मकै फिल्म हो । शाहरुख खानको फिल्म जीरोलाई उनको सबैभन्दा ठूलो बजेटको फिल्म बताइन्छ । यसको बजेट २०० करोड रुपैयाँ थियो । तर, बक्स अफिसमा लागतको आधा पनि उठान सकेको छैन ।
फिल्मले दुई हप्तामा बक्स अफिसमा ८९.२५ करोडमात्र कमाउन सकेको छ । बक्स अफिस स्रोतका अनुसार फिल्मले नयाँ वर्षको दिन पनि जम्मा १.२५ करोडमात्र कलेक्शन गर्न सकेको थियो ।
लागतअनुसार यो फिल्मलाई शाहरुखको सबैभन्दा फ्लप फिल्म बन्ने अवस्थामा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्मको हालसम्मको कारोबारलाई हेर्दा १०० करोड पनि कमाउ नसक्ने देखिएको छ ।
फिल्म शाहरुख र अनुष्का शर्मा शारीरक अशक्तको भूमिकामा छन् । त्यसकारण यो फिल्म फरक कथाका कारण राम्रो चल्ने अनुमान गरिएको थियो । तर दर्शकले फिल्मलाई अस्वीकार गरिदिएका छन् ।
बक्स अफिसको रिपोर्टअनुसार दोस्रो हप्तामा जीरोको कमाईमा निकै गिरावट आएको छ । शुक्रबार यो फिल्मले १ करोडभन्दा पनि थोरै कलेक्शन गरेको छ । शनिबार फिल्मले १ करोड कमायो ।
उता आइतबार फिल्मले १ करोड २५ लाख कमायो । सोमबार फिल्मको कलेक्शन मात्र ८० लाख रह्यो । यसअनुसार दोस्रो सप्तान्तमा फिल्मले ३.९० करोडको आसपासमा कारोबार गरेको छ । फिल्मले पहिलो हप्ता ८४.१० करोड कमाई गरेको थियो।
दोस्रो हप्तामा फिल्म सिम्बा रिलिज हुँदा जीरोलाई नोक्शान भएको छ । मंगलबारसम्म सिम्बाले १२४ करोड कमाइसकेको छ ।
January 4, 2019 12:09 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग