दीपिका र रणबीरको भविष्य: बिहेपछि पनि फिल्ममा किस गर्नेबारे प्रश्नको उत्तरमा दीपिकाले दिइन यस्तो जवाफ
एजेन्सी – बलिउडको नवविवाहित जोडी दीपिका पादुकोण र रणबीर सिंहको भविष्यको योजनाबारे जान्न प्रशंसकहरु उत्सुक छन् । रणबीर सिंहले सन्तानको योजनाबारे हालै कुरा गरेका थिए भने अब दीपिकाले विवाहपछि अनस्क्रिन किसिङमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।
फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा जब दीपिका पादुकोणलाई अब फिल्मसँगको कन्ट्र्याक्टमा ‘अनस्क्रिन नो किसिङ क्लज’ (पर्दामा अब चुम्बन नगर्ने शर्त) जोड्नुहुन्छ भन्ने प्रश्न सोधियो । यसको उत्तरमा दीपिकाले ‘छि’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।
दीपिकाको यस्तो प्रतिक्रियाले स्पष्ट हुन्छ कि विवाहपछि पनि उनी आफ्नो व्यवसायिक जीवनमा कुनै शर्त लागु गर्ने छैनन् । विवाहअघि नेहा धुपियाको टक शोमा दीपिका पादुकोणले रणबीर सिंह बलिउडमा उत्कृष्ट किसर हुन भनेकी थिइन् ।स्मरण रहोस्, विवाहपछि सेफ अली खानले नो किसिङ क्लज राखेका थिए । सलमान खान पनि अनस्क्रिन चुम्बन गर्न रुचाउँदैनन् ।
सन्तानको योजनामा रणबीरले दिएका थिए यस्तो जवाफः रणबीरले एक कार्यक्रमको क्रममा सन्तानको योजनाबारे खुलेर कुराकानी गरे । उनले भनेका थिए, ‘यो निर्णय मेरो कम र दीपिकाको धेरै हुनेछ । यसबारेको कुनै पनि निर्णय मैले दीपिकामाथि छोडेको छु ।’उनले थपे, ‘दीपिका हरेक मामलामा मभन्दा उत्कृष्ट छिन् । उनी मभन्दा समझदार छिन् भनेर स्विकार्न पनि मलाई कुनै आपत्ति छैन । ’
January 4, 2019 2:00 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी