सबै महिला ‘लक्ष्मी बाई’ बन्नुपर्छः कंगना रनावत
एजेन्सी, पुस । बलिउड क्वीन कंगना रनावटले मिटु अभियानमाथि एउटा बयान दिएकी छिन् । कंगनाले सबै महिला ‘लक्ष्मी बाई’ बन्नुपर्ने बताइन् ।
उनले भनिन्,‘जो मानिसलाई वास्तवमा सहायता वा कुनै पनि प्रकारको मद्दतको आवश्यकता छ उसलाई हामीले साथ दिनुपर्छ । आज हामीलाई सशक्त बन्न खाँचो छ, तर हाम्रो समाजमा यदि कोही लक्ष्मी बाईले जस्तो काम गर्दैछ भन्ने उसलाई हामीले सम्मान गर्नुपर्छ ।’
आफूमाथि भएको शोषणको बारेमा कुरा गर्दै कंगनाले भनिन्,‘जब म १६ वर्षकी थिए तब मैले पहिलोपटक एफआइआर दर्ता गराए । आफ्नो हकका लागि उभिने जोकोहीँलाई हामीले सम्मान गर्नुपर्छ ।’
उनले सशक्तिकरणको आवश्यक भएकाहरु पहिले आफै सशक्त हुनुपर्ने बताइन् ।
कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ आगामी २५ जनावरीमा रिलिज हुँदैछ । यो फिल्ममार्फत कंगनाले निर्देशनमा पनि कदम राखेकी छिन् र उनले आगामी दिनमा अन्य धेरै फिल्मको निर्देशन गर्ने अपेक्षा राखेकी छिन् ।
January 5, 2019 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग