छैन हरमा न्यानो कपडा, आगोको भरमै बित्छ चेपाङको रात
चितवन । पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताउनुपरेको छ। जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ। त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छन्। उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भर पर्नुपरेको हो। इच्छाकामना गाउँपालिका-१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउछन्। आठ सन्तानका बाबु बुद्धिबहादुरले भने, “आगो बलुन्जेल निन्द्रा लाग्छ, निभेपछि ब्युँझिन्छौँ।”
चिसोले बालबच्चाको शरीर सुन्निएको र ज्यान काप्ने गरेको उनले बताए। कालिका नगरपालिकाको वाग्सुराङका रामचन्द्र चेपाङले आगो बाल्न दाउरासम्म पाउन मुस्किल भएकाले बालबालिका जोगाउन कठिन भएको बताए। लगाउने कपडा नहुँदा जाडो मौसममा सधैँ आगो ताप्नु पर्दा काम गर्न पनि नसकिएको उनले पीडा सुनाए।
सोही क्षेत्रकी रेस्मीका चेपाङले गाउँमा साना बालबालिका र वृद्धवृद्धा बचाउन मुस्किल परेको जानकारी गराउँदै मौसममा कतिपयको जाडोले ज्यान लिने गरेको बताए। सिराइचुरीका भीमबहादुर चेपाङ आफ्ना दुई सन्तान जोगाउन मुस्किल परेको बताउछन्। लाउने, ओढ्ने कपडा र खाने अन्न पर्याप्त नहुँदा समस्या परेको उनको गुनासो छ। राजबुकका भक्तबहादुर चेपाङले भने, “आगो तापिरहन्छौँ, जतिबेला निन्द्रा लाग्छ त्यही सुत्छौँ, आगो निभेपछि ब्युँझन्छौँ।” रातमा उठेर फेरि आगो फुक्ने र केटाकेटी तताउने गरेको उनले पीडा व्यक्त गरे।
गाउँमा यतिबेला अलिअलि मकै, कोदो, सुन्तला र सागपात मात्रै छ। बस्तीका चेपाङहरु पैसा भए शहरबाट चामल किनेर ल्याउने गर्दछन्। चेपाङ बाहुल्यता भएको इच्छाकामनाका अध्यक्ष गीता गुरुङ सबैको उस्तै समस्या रहेको बताउछन्।गाउँपालिकामा २५ हजार जनसङ्ख्या भएकामा नौ हजारभन्दा बढी चेपाङ जाति रहेको उनले बताए। साह्रै नै गाह्रो भएकालाई बाँड्नका लागि स्थानीय प्रशासनले १५० थान कम्मल पठाएको उनले जानकारी दिए।
January 5, 2019 1:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान