Wednesday 18th March 2026

श्रीमानदेखि नैं सुरक्षित छैनन महिला, श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा फ्याले !

7 years अगाडी

परासी । भनिन्छ श्रीमान श्रीमती एक अर्कोको भरोसा हो तर पछिल्ला दिनहरुमा लगातार महिला हिंसाका घटना बढीरहेका छन । यो बिचमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ ।

कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जङ्गलमा उनको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् सुनिलले हत्या गरेको रहस्य खुलेको हो ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ भने उनलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ । यस्ता घटना नेपाली समाजमा सामान्यजस्तैं बन्न थालेका छन । केही दिन पहिले आफ्नैं श्रीमानले एक मलिामाथि एसिड आक्रमण गरेका थिए ।

          January 6, 2019 3:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...