Friday 19th December 2025

अजय र काजोलकी छोरीलाई प्रश्न : पाइन्ट लगाउन बिर्सिएको हो?

7 years अगाडी

एजेन्सी। बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन केही दिन अगाडि मुम्बई विमानस्थलमा देखिइन्। यो क्रममा न्यासाले निलो रंगको हुड र शर्ट लगाएकी थिइन्। तर न्यासाको पोशाक उनका फ्यानलाई राम्रो लागेनछ।

आजकल कलाकारका छोराछोरीलाई देखेर आम मानिस निकै प्रभावित हुन्छन्। यस्तोमा कलाकारका छोरा छोरीले केही फरक प्रकारको कपडा लगाउँदा कयौं पटक ट्रोलिङको शिकार हुने गरेका छन्। यो पटक पनि यस्तै भयो।

आम मासिनलाई न्यासाको निलो रंगको हुड र शर्ट खासै मन परेन। न्यासाले लगाएको शर्ट निकै छोटो थियो। त्यही कारण मासिनले उनले तल केही पनि लगाएकी छैनन् भन्ने सोचे। यही कारण न्यासालाई उनका फ्यानले ट्रोल गरे।

न्यासा मात्र १५ वर्षकी भइन् र उनी आफ्नो पढाइ गर्दैछिन्। अजय देवगन आफ्नो परिवारलाई नयाँ वर्षमा छुट्टी मनाउन माल्दिभ्स लिएर गएका थिए। छुट्टी मनाएका तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका थिए।

          January 8, 2019 11:05 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...