अहिले पनि यि अभिनेत्रीको प्रेममा पागल छन सुपरस्टार सलमान खान !
मुम्बई । बलिउड फिल्म उद्योगमा सुपरस्टार सलमान खानले धेरैं नायिकाहरुलाई स्थापित गराएका छन । यो सुचिको अग्रपंतीमा अभिनेत्री कट्रिना केफको नाम पनि समावेश छ । यसका साथै एक समयमा अभिनेता सलमान खान र कट्रिना गहिरो प्रेम सम्बन्धमा थिए । यो भनिएको छ कि खान अहिले पनि केफको मायामा पागल छन ।
उनी अहिले पनि कट्रिना केफलाई पहिलेको जत्ति नैं माया गर्छन । तर सलमानलाई बीचैमा छोडेर रणवीर कपूरको प्रेममा परेकी केफ फेरि रणवीरसँग ब्रेकअप गरेर सलमान कहाँ नै फर्किएकी छिन् । रणवीर कपूरबाट प्रेममा धोका खाइसकेकी कट्रिना केफ र सलमान अहिले फेरि नजिकिएका छन् । तपाईलाई जानकारी गराउँ रणवीर र आलिया भट्ट केही समय देखि गहिरो प्रेममा छन ।
कट्रिना केफ केही समय अघि करण जोहरको चर्चित शो “कफि विद करणमा” सहभागी भएकी थिइन् । कार्यक्रममा करण जोहरले कट्रिनालाई अहिलेका नयाँ अभिनेता मध्ये कोसँग अभिनय गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा कट्रिनाले अभिनेता विक्की कौशलको नाम लिएकी थिइन् । कट्रिनाको यो कुरा करण जोहरले विक्की कौशललाई भनेपछि कट्रिनालाई आफ्नो नाम थाहा भएको भन्दै विक्की कौशल आश्चर्यचकित भएका थिए ।
भर्खरै एक अवार्ड शोमा कट्रिना र विक्की कौशलको भेट भयो र यही मौकामा विक्की कौशलले सलमान खानकै अगाडी कट्रिनालाई रमाइलो ढंगले विवाहको प्रस्ताव राखे । यसको एक भिडियो अहिले सामाजिक संजालमा भइरल भईरहेको छ । भिडियोमा विक्की कौशल कट्रिनालाई भन्छन् “अहिले विवाहको मौंसम चलिरहेको छ, यदी विवाह गर्न चाहनुहुन्छ भने विक्की कौशलमा साथ विवाह गर्न सक्नुहुन्छ ।”
यति भन्दै विक्की कौशल कट्रिनाका अगाडी सलमान खानकै फिल्मको गीत “मुझसे शादी करोगी” गाउन थाल्छन् । विक्कीको विवाहको प्रस्ताव पछि कट्रिना हास्न थाल्छिन् तर अगाडी बसेका सलमान खान साथमै बसेकी उनकी बहिनी अर्पिताको काँधमा टाउको राख्छन् । तर कट्रिना केफले विक्की कौसललाई जवाफ भन्छिन् “हिम्मत छैन।” कट्रिनाको यो जवाफ पछि सलमान खान निकै खुसी हुन्छन् । पुरा भिडियो हेर्न यहाँ थिच्नुहोस्
January 8, 2019 2:32 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग