‘छक्का पञ्जा ३’ अब क्यानडामा प्रदर्शन हुने
नेपालमा रिलिज भएको लगभग ६ महिना पछि छक्का पञ्जा ३ क्यानडामा रिलिज हुँदैछ । यो चलचित्र व्यवसायिक हिसाबले नेपाली चलचित्र बजारमा अहिलेसम्मकै सफल चलचित्र हो । क्यानडा प्रदर्शनको जिम्मा नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले लिएको छ ।रेडियो अडियो छक्का पञ्जा ३ को एक्सक्ल्युसिभ मिडिया पार्टनर पनि हो । क्यानडामा छक्का पञ्जा ३ प्रदर्शन को तयारीका बारेमा हामीले छक्का पञ्जा ३ का कलाकार समेत रहेका रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीसँग कुराकानी गरेका छौँ ।
नेपालसँगै विश्वका धेरै देशहरुमा चलचित्र प्रदर्शन भइसक्यो, क्यानडामाचाहिँ किन ढिला गर्नु भएको ? : ढिलो भएको होइन समय कुरेको हो । खासमा यतिबेला क्यानडामा अत्याधिक चिसो छ । यो बेलामा सिनेमा चलाउँदा दर्शकलाई अलि प्रभाव पर्ने देखिएकोले हामी पछि सरेका हौं । उतातिरकै साथीहरुको सल्लाहमा हामीले मार्च महिनाको मिति तोकेका हौँ । चलचित्र ढिला प्रदर्शन गर्नुको मुख्य कारण भनेको मौसम हो ।
क्यानडाका कुन कुन शहरमा चलचित्र लाग्दैछ ? क्यानडाका शहरहरुमा ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ छक्का पञ्जा ३’ भन्ने हाम्रो नारा नै छ । टोरन्टो, कैलगरी र एडमन्टनमा लगभग पक्का नै भैसक्यो । अन्य शहरका लागि हामीले स्थानिय पार्टनरसँग कुरा गरिरहेका छौँ । मुख्य कुरा क्यानडाबासि सबै नेपालीमाझ छक्का पञ्जा ३ पुगोस् भन्ने नै छ । त्यसैले सबै शहरहरुमा चलचित्र लगाउने तयारी गरिरहेका छौँ ।
क्यानडामा कति शो प्रदर्शन गर्दै हुनुहुन्छ ? : यसका बारेमा अहिले ठ्याक्कै यही भन्न सकिँदैन किनभने अमेरिकामा छक्का पञ्जा ३ एक महिनासम्म लगातार हाउस फुल भयो । जापान र अष्ट्रेलियामा उच्च व्यवसायिक सफलता हाँसिल गर्यो । दुबई, हङकङलगायतका देशमा जहाँ चल्यो त्यहाँ ब्लकबस्टर भयो । हामी त क्यानडामा पनि यस्तै होस् भन्ने चाहान्छौँ।
क्यानडाका दर्शकले चलचित्रलाई साथ देलान् भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ? : सिनेमा र दर्शकसँग ढुक्क नभएको भए हामीले क्यानडामा सिनेमा लाने तयारी नै गर्दैनथ्यौँ । तपाईलाई थाहा छ, रेडियो अडियोले विदेशमा सिनेमा वितरणको शुरुवात नै क्यानडाबाट गर्दैछ । दर्शकको मागलाई मध्यनजर गरेर चलचित्र प्रदर्शन गर्न लागेका हौँ । त्यसैले क्यानडाका दर्शकले पनि चलचित्रलाई साथ दिनेमा हामी विश्वस्त छौँ ।
नेपालसँगै अन्य विभिन्न देशहरुमा त चलचित्रले रेकर्ड नै राख्न सफल भएको छ, के क्यानडामा पनि चलचित्रले रेकर्ड बनाउन सक्ला ?
चलचित्रमा उठान गरिएको विषयवस्तुले दर्शकको मन जित्न सफल भएको छ । विभिन्न देशहरुमा विभिन्न रेकर्ड राख्न सफल भएको चलचित्रले क्यानडामा नराख्ला भन्न सकिन्छ र ?
छक्का पञ्जा ३ प्रदर्शनका लागि क्यानडा नै रोज्नुको कारण के हो ? : पहिलो कुरा सिनेमा वितरणमा यो हाम्रो पहिलो प्रयास हो । त्यसैले हामी घाटाको व्यापार गर्दैनौं । यसको मतलब पैसाकै लागि हामीले क्यानडा राजेको पनि हैन तर एउटा कुराचाहिँ पक्का के हो भने अन्यत्र जस्तै क्यानडामा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक हुनुहुन्छ ।
तर अधकांश सिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शक भन्दा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोज्यौँ । क्यानडा पछि रेडियो अडियोले छक्का पञ्जा ३ लाई म्यान्मार लैजाँदै छ ।
क्यानडा को क्यालगरी मा रहेको चर्चित रेडियो रेड एपmएमका साथै क्यानडामा रहेका विभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघ संस्था मिलेर सिनेमाको प्रदर्शन गर्दैछौं । भन्नाले सिनेमा प्रदर्शन पछि आउने आम्दानी हामीले मात्रै लिएर आउँदैनौं । स्थानीय संघ संस्थाका लागि कोष वृद्धिको पनि सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।
तपाईंहरुले चलचित्र छक्का पञ्जा ३ बाट अन्तराष्ट्रिय प्रदर्शन सुरु गर्नुको कारण के हो ? : रेडियो अडियोले नेपालमा एक किसिमको छाप बसाइसकेको छ । काठमाडौंमा मात्र नभएर देशैभरी हाम्राकार्यक्रमहरु प्रसारण भइरहेका छन् । त्यसैले पनि यसै समयमा हामीले फड्को मार्नु उचित ठानेका हौँ । त्यसमा पनि छक्का पञ्जा ३ सँग हाम्रो एक किसिमको सम्बन्ध त छँदै नै छ । हामी यसलाई व्यवसायिक हिसाबले नै अघि बढाउने छौँ ।
भने पछि अब रेडियो अडियोले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारमा हात हालेको हो ? : हो , अब हामीले नगरे कसले गर्ने ? एउटा सिनेमा विदेशमा प्रदर्शन हुँदा निर्माता र प्रदर्शकले मात्रै पैसा कमायो भन्ने हैन । एउटा नेपाली सिनेमा विदेशमा प्रदर्शन हुँदा, हाम्रो भाषा पुग्छ, नेपाली समाज र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा पुग्छ । गीत संगीतले नयाँबजार पाउँछ ।
यी सबै कुरा ख्याल गरेर हामीले यसको सुरुवात गरेका छौँ । र अब संसारैभरी नेपाली नपुगको ठाउँ छैन । हेर्दै जानुस् एक दिन यस्तो समय आउँ, जसरी भारतीय सिनेमा संसारभर एकैसाथ रिलिजभए जस्तै नेपाली सिनेमाको बजार पनि सम्भव छ ।
हामी यही अभियानमा छौं र समाजलाई भ्रममा नपार्ने, गहन विषय वस्तुको उठान गरेका, व्यवसायिक हिसाबले घरेलु बजारमा सफल मानिएका नेपाली जुनसुकै चलचित्र भए आगामी दिनमा व्यवसायिक हिसाबले नै काम अगाडि बढाउने सोच बनाएका छौँ । त्यसै अन्तर्गत अहिले बनिरहेका केही प्रतिक्षित चलचित्रसँग पनि कुराकानी भइरहेको छ ।
January 10, 2019 11:17 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी