नेपाली कामदार भर्तीको विषय दुई महिनामा टुङ्गो लाग्छ : मलेसिया
काठमाडौं – मलेसियाले नेपाली कामदार भर्तीका लागि अझै दुई महिना लाग्ने बताएको छ । कामदार भर्ना प्रक्रिया र व्यवस्थापनको विषयमा अध्ययन गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन तयार पार्न थप समय लाग्ने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ ।मलेसियाका सहायक मानव संसाधन मन्त्री दातुक मफुज ओमारले कामदार भर्तीका विषयमा छलफल भइरहेको र कामदार भर्तीको निर्णय स्वतन्त्र कामदार भर्ती समितिको प्रतिवेदन अनुसार नै हुने बताउनुभएको छ ।
नेपाली कामदार भर्तीको विषय समितिले प्रतिवेदन दिएपछि मात्रै टुङ्गो लाग्ने उहाँको भनाई छ । सोमबार क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रतिवेदन तयार भएसँगै विदेशी कामदारका लिने प्रक्रिया सुरु हुने बताउनुभयो । प्रतिवेदन अध्ययन गरेर सरकारले विदेशी कामदारसम्बन्धी नीतिमा सुधार गर्न सक्ने उहाँको भनाई छ ।
गएको जेठदेखि नेपाल सरकारले विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै मलेसियाको रोजगारी बन्द गरेको हो । मलेसियाको रोजगारीको ढोका खोल्नका लागि गएको कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।समझदारी पत्रमा शून्य लागतमा कामदार मलेसिया जान पाउने विषयदेखि विभिन्न सुरक्षाका विषयलाई महत्व दिइएको छ ।
January 10, 2019 11:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?