Saturday 4th April 2026

समिति गठनमा दलहरुकै अलमल

8 years अगाडी

काठमाडौं, ८ असार । दलहरुले संसदको नाम सिफारिस नगर्दा संसदीय समिति गठन हुन सकेको छैन ।कसलाई कुन समितिमा राख्ने भन्ने नामावली उनीहरुले नपठाउँदा समिति गठन प्रक्रिया अघि बढ्न नसकेको जानकारी संसद सचिवालयले दिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संसदबाट पारित भएलगत्तै संसद सचिवालयले संसदीय दलका कार्यालयहरुलाई समितिमा बस्ने सांसदको नामावली पठाउन आग्रह गरेको थियो ।

प्रतिनिधिसभा नियमावली पारित भएको दुई साताभन्दा बढी भइसकेको छ । दलहरुले बेलैमा नाम नपठाउने हो भने असार मसान्तसम्म पनि समिति गठन हुन नसक्ने संसद सचिवालयले जनाएको छ ।

          June 22, 2018 10:10 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...