Tuesday 10th March 2026

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

8 years अगाडी

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले हुन्छ भन्ने प्रश्नले चर्चा पाएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार एक अन्तर्वार्तामा रणवीरले प्रेममा सबै कुरा राम्रो लाग्ने, खुसीको महसुस हुने र पानी पनि सर्बत जस्तो लाग्ने गरेको अनुभव सुनाए।आफू अब रिलेसनसीपमा मात्रै नरोकिने भन्दै उनले आफू विहेको बारेमा सोंचिरहेको बताए।

बहुप्रतिक्षित फिल्म सञ्जुको प्रमोशनमा जुटेका रणवीरले चाँडै विहे गर्ने समेत बताए।‘म विहेमा विश्वास गर्छु, मलाई बच्चा चाँहियो, मेरी श्रीमती चाँहियो, मलाई मेरो आफ्नै परिवार चाँहियो। विश्वास छ कि मलाई यो सौभाग्य चाँडै मिल्नेछ’, रणवीरले भनेका छन्।यता रणवीरसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी आलियाले पनि आफ्नो उमेर ३० वर्ष पुगेपछि विहे गर्ने बताएकी छिन्।

          June 22, 2018 10:15 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...