बलिउडमा फेरि अर्का महान हस्तिलाई क्यान्सर भएकाे खुलासा !
बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ । उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिए । यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ । क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको उनले बताए । यो यस्तो रोग हो जसका कारण छालामा अनावश्यक कोसिकाको वृद्धि हुनथाल्छ ।
ऋतिकले दुई घण्टाअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुवा राकेशसँगको जिमको तस्बिर पोष्ट गर्दै उनको निकै तारिफ गरेका छन् । यसमा उनले लेखेका छन्, ‘मैले आज बिहान बुवालाई व्यायामका लागि सोधें, मलाई थाहा थियो कि उनी शल्यक्रियाको दिन पनि व्यायाम गर्न छोड्ने छैनन् । केही हप्ताअघि मात्रै Squamous Cell Carcinoma बारे पत्ता लाग्यो । आज उनी आफ्नो युद्ध लड्नेछन् । हामी भाग्यमानी छौं कि हाम्रो परिवारले तपाईंजस्तो अग्रणी व्यक्ति पायौं ।’
राकेश रोशन आजकाल कृष ४ को तयारीमा जुटेका छन् । यो फिल्ममा राकेश रोशन पुनः एकपटक आफ्नो छोरासँग काम गर्नेछन् । यो फिल्मको यसअघिको सबै सिरिज निकै हिट रह्यो ।
January 10, 2019 4:08 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी