शाहरुख खान तिर्छन सबैभन्दा धेरै बिल, सबैभन्दा कम कैटरिनाले बुझाउँछिन्
एजेन्सी। दीपिका पादुकोण, सलमान खानदेखि अमिताभ बच्चनसम्म आफ्नो घरलाई सजाउन लाखौं रुपैयाँ खर्च गर्छन्। शाहरुख खानकै कुरा गर्दा उनीसँग मुम्बई, दुवई र लण्डनमा आलीशान बंगला छन्। साथै मुम्बई नजिकै अलीबागमा उनको एक शानदार फार्महाउस पनि छ।
ती मध्ये ‘मन्नत’ नामको बंगला जहाँ शाहरुख खान बस्छन्, उक्त बंगलाको महिनामा ४३ लाखको बिजुलीको बिल उठ्छ। शाहरुख खान मात्रै होइन बलिउडका ६ जना अन्य कलाकार यस्ता छन् जसले महिनामा लाखौं रुपैयाँ बिजुलीको बिलमा खर्च गर्छन्।
सलमान खान : बलिउडका चर्चित अभिनेता सलमान खानको कुरा गर्दा उनी आफ्नै ग्यालेक्सी अर्पाटमेन्टमा परिवारसहित बस्छन्। भारतीय संचारमाध्यमका अनुसार उनी प्रत्येक महिना २३ लाख रुपैयाँको बिजुलीको बिल तिर्छन्। सलमान चाँडै फिल्म ‘भारत’, ‘वान्टेड–२’ र ‘दबंग–३’ देखिँदैछन्।
दीपिका पादुकोण : १४–१४ नोभेम्बरमा इटलीमा रणवीर सिंहसँग विवाह गरेकी दीपिका पाकुकोण प्रति महिना १३ लाख रुपैयाँको बिजुलीको बिल तिर्छिन्। विवाहपछि उनले मेघना गुलजारको फिल्म ‘छपाक’ मा साइन गरेकी छन्।
सैफ अली खान : सैफ अली खान प्रत्येक महिना ३० लाख रुपैयाँको बिजुलीको बिल तिर्छन्। जुन कुनै पनि बंगालको बिल भन्दा धेरै हो। अन्तिम पटक सैफले फिल्म ‘बाजार’ मा अभिनय गरेका थिए। जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो।
अमिताभ बच्चन : अमिताभ आफ्नो परिवारसँग ‘जलसा’ बंगलामा बस्छन्। उनले प्रति महिना २२ लाख रुपैयाँको बिजुलीको बिल भुक्तान गर्छन्। अमिताभले अन्तिम पटक फिल्म ‘ठग्स अफ हिन्दोस्ताँ’ मा अभिनय गरेका थिए।
अमिर खान : अमिर खान आफ्नो बान्द्राको अपार्टमेन्टमा बस्छन्। उनी प्रति महिना २२ लाख रुपैयाँको बिजुलीको बिल तिर्छन्। अमिर खान चाँडै टेलिभिजन शो ‘सत्यमेव जयते’ मा होस्ट गर्दैछन्।
कैटरिना कैफ : कैटरिना कैफको मुम्बईको घरको बिजुलीको बिल प्रति महिना दश लाख तिर्छिन्। योसबैभन्दा कम हो। कैटरिना चाँडै सलमान खानको फिल्म भारतमा देखिँदैछिन्।
January 11, 2019 10:24 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग