Wednesday 18th March 2026

बसले किचेर एक किशोरको मृत्यु

7 years अगाडी

दमौली । तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए। थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन्। रासस

          January 11, 2019 10:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...