

मलाइका र अर्जुनको सम्बन्धलाई लिएर बोनीमाथि सलमान बन्देज

एजेन्सी, पुस । अर्जुन कपुर र मलाइका अरोडाको बढ्दो निकटाले खान खानदानलाई निकै चिढ्याइरहेको देखिन्छ । केही दिन अघि खबर आएको थियो बलिउडका दबंग अभिनेता तथा मलाइका अरोडाका जेठाजु सलमान खानले अर्जुनका बुवा बोनी कपुरको एउटा फिल्म अफरलाई अस्वीकार गरेका छन् । अहिले आएको नयाँ खबर अनुसार सलमानले आफ्नो घरको इन्ट्रीमा पनि कपुर खान्दानलाई बन्देज लगाई दिएका छन् ।
आईबीटि आइम्सको रिपोर्ट अनुसार सलमान खानले यो निर्णय मलाइका र अर्जुनको सम्बन्धलाई लिएर गरेका हुन् । वास्तवमा यसअघि अर्जुनले सलमानकी बहिनी अर्पिता खानलाई डेट गरिसकेका छन् । यी परिपेक्ष्यमा हेर्दा सलमानको यी कदमले उनीभित्रको आक्रोशलाई दर्शाइरहेको छ ।
रिपोर्टको अनुसार सलमान खानले फिल्म निर्मातासँग पनि अर्जुनलाई फिल्ममा नलिन पनि भनेका भनेका थिए । तर त्यस समय अर्जुनले सलमानलाई उनको परिवारलाई असर पुर्याउने कुनै काम नगर्ने भन्दै उनलाई फकाएका थिए । तर अब फेरी अर्जुन र मलाइकाको यो कदमले सलमानलाई निकै ठूलो तनाव दिएको छ । यसैकारणले उनले बोनी कपुरलाई आफ्नो घरमा प्रवेश गर्न बन्देज गरिदिएका छन् ।
बोनी र सलमान निकै असल साथी हुन् । खबरहरुका अनुसार बोनीले छोरा अर्जुनलाई मलाइकासँग टाढा रहन पनि चेतावनी दिएका छन् । हालै सलमानले बोनी कपुरको दुईवटा फिल्मको अफरलाई टुक्राएका छन् । ‘वान्टेड टु’ र ‘नो एंट्री मे एंट्री ’ ती दुई फिल्म हुन् । यी दुबै फिल्मको पहिलो पार्टमा सलमान नै भूमिकामा थिए र दुवै फिल्म हिट रहेका थिए ।
January 11, 2019 12:49 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

