रणवीर कपूरकी दिदीले दिइन् आलिया र रणवीरलाई बहुमूल्य उपहार
बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट प्रेममा छन् । बलिउड फिल्म उद्योगमा अहिले यो जोडीको निकै चर्चा हुने गर्छ । केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । आलिया भट्ट रणवीर कपूरसँग मात्रै नभई कपूर परिवारकासाथ रमाइलो गर्दै गरेका तस्बिर सामाजिक संजालमा चर्चाको विषय बनेको थियो ।
रणवीर र आलिया दुवैका परिवारलेसमेत यस सम्बन्धलाई खुसीसाथ स्वीकार गरिसकेका छन् । रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार स्वरुप दिएकी छिन् । औँठीमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ ।
आलिया र रणवीरले पनि यो औँठी खुसीसाथ स्वीकार गरिसकेका छन् । यसै वर्ष आलिया र रणवीर अभिनित फिल्म ‘ब्रम्हास्त्र’ रिलिज हुनेछ । अयान मुखर्जीको निर्देशन रहेको फिल्म ‘ब्रम्हास्त्र’ को सेट मै आलिया र रणवीर नजिकिएका थिए ।
January 11, 2019 4:44 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग