Saturday 4th April 2026

काँग्रेस जिल्ला सभापति भेला सकिदैं, देउवाले आज जवाफ दिने

8 years अगाडी

काठमाडाैं, ८ असार । निर्वाचनमा पराजय भएपछि डाकिएको कांग्रेसको जिल्ला सभापति भेला आज सकिंदै छ । शुक्रबार हेटौंडा घोषणापत्र जारी गर्ने तयारी गरिरहेको भेलाले पार्टी रूपान्तरणको घोषणा गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले पार्टी भित्र अनुशासन कसरी कायम गर्ने र केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहको सरकारसँग प्रतिपक्षीका रूपमा कसरी प्रस्तुत हुने भन्ने समेत घोषणापत्र मार्फत आफ्नो धारणा सर्बजनिक गर्नेछ । पार्टी रूपान्तरण गर्न केन्द्रदेखि स्थानीय तहसम्म पुनर्गठन गर्ने पनि कांग्रेसले जनाएको छ ।

शर्माका अनुसार रूपान्तरणका लागि आवश्यक पर्ने विधान संशोधन कांग्रेसले आउँदो महासमिति भेलाबाट गर्ने छ । तर महासमिति भेला भने अझै अनिश्चित छ । भेला बिहिबारनै सकिने भनिएतापनि जिल्ला सभापतिहरुले बोल्ने क्रम नसकिएकाले एक दिन पछि सरेको हो ।

आज बिहान सभापतिहरूले प्रादेशिक स्तरमा प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । प्रादेशिक स्तरको प्रतिवेदन पेश भएपछि पार्टी सभापति शेरबहादुर देउवाले भेलामा उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ । त्यसपछि हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिनेछ ।

          June 22, 2018 10:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...