Thursday 11th September 2025

‘तत्काललाई श्रीदेविको बायोपिक निर्माण गर्ने कुनै योजना छैन’

7 years अगाडी

काठमाडौँ,पुस । बलिउड एक चर्चित अभिनेत्री थिइन् श्रीदेवि । सन् २०१८ मा उनको मृत्यु भएको थियो । श्रीमान बोनी कपुरले उनको बायोपिकलाई लिएर फिल्म निर्माण गर्ने हल्ला बाहिर आइरहँदा उनले यसबारे प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘तत्काललाई कुनै योजना रहेको छैन । तर, मैले उनको नामलाई लिएर कपी राइट दर्ता भने गराएको छु । उनको नामलाई लिएर कसैले गलत तवरले फाइदा नउठाहोस् भन्ने मेरो चाहना हो ।’

बोनी कपुरले श्रीदेविसँग सन् १९९६ मा विवाह गरेका थिए । जेठी श्रीमतीलाई डिभोर्स दिदै उनले श्रीदेविसँग विवाह गरेका थिए । बलिउडमा कुनै समय एकलौटी राज गरेकी यी अभिनेत्रीको मृत्युपछि बायोपिक निर्माण गर्न केही फिल्म निर्माताहरु ललायित देखिएका थिए । तर, बोनी कपुरले भविष्यको कुरा तत्काल गर्न नमिल्ने र हाललाई कुनै योजना नरहेको बताएका हुन् ।

          January 12, 2019 10:15 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...